टिकापुर/ राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं १ टिकापुरकाे पहलमा आज काेराेना भाईरस (काेभिड-१९) का कारण प्रभावित विरामीहरुका लागि २० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकाे छ ।

हङकङ स्थायी निवासि सिन हाैतुङ र अमरधन मेमोरियल फाउन्डेसनका संस्थापक त्रिलाेक गुरुङकाे सहयाेगमा २० थान अक्सिजन सिलिन्डर टिकापुर अस्पतालका अध्यक्ष दिपक रावलाई हस्तान्तरण गरिएकाे कुरा राप्रपा नेता पुरु दाहालले न्युज नमस्तेलाई बताउनुभएकाे छ ।

हस्तान्तरण कार्यक्रममा राप्रपा कि केन्द्रिय सदस्य रामदुलारी चाैधरी, क्षेत्रिय अध्यक्ष मानसिंह साउद लगायत विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताको उपस्थिति थियाे ।