जनकपुर । प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले धनुषामा २१, रौतहटमा २९ र सर्लाहीमा १० गरी ६० जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 

रौतहटका संक्रमति मध्ये दुर्गा भगवतीस्थित क्वारेन्टाइनका ८ जना, मदरसाना रहेको क्वारेन्टाइनका १० र गौरस्थित क्वारेन्टाइनका ११ जना  छन् ।

त्यस्तै धनुषामा संक्रमित भएकाहरु मध्ये  मुखियापट्टी मुसहरनिया गाउँपालिका स्थित क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालामा रहेको क्वारेन्टाइनका ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका छन् ।

त्यस्तै सर्लाहीमा संक्रमित भएका मध्ये हरीपुर नगरपालिकाका ७ र बहम्पुरी गाँउपालिका स्थित क्वारेन्टाइनका ३ जना रहेका छन् । यससँगै यस प्रदेश नम्बर २ मा संक्रमितको संख्या ६ सय ९ पुगेको छ ।