काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सहितको निशान छाप समावेशका लागि संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्दै छ ।

संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचीमा संशोधन विधेयक पनि राखेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस गर्ने कार्यसूची तय भएको छ ।

गत बुधबार उक्त प्रस्ताव संसदमा पेश गरिने कार्यसूची तय भएपनि त्यो हुन सकेको थिएन । प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेसले शनिबार केन्द्रिय कार्यसमितिको बैठकबाट संविधानको संशोधनमा मतदान गर्ने निर्णय गरेसँगै आज उक्त प्रस्ताव संसदमा पेश हुँदै छ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ