भारतबाट आएर क्वारेन्टाइनमा बसेका बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुरा क्वारेन्टाइनमा रहेका एक बालकको मृत्यु भएको छ । डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको शनिवार राति मृत्यु भएको हो ।
मृत्यु भएका बालक आइतवार भारतबाट आमाबाबुसँगै आएका डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेए बताए । बालक मलेरिया रोगबाट ग्रसित रहेको जनाइएको छ ।
कोरोना परीक्षणका लागि बालकको थ्रोट स्वाब संकलन गरिएको जनाइएको छ । बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्