काठमाडौं । सरकारले  लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।