गोदावरी नगरपालिकाका प्रत्येक वडामा २० शैयाको क्वारेन्टाइन बनाइने

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले प्रत्येक वडामा २० शैयाको क्वारेन्टाइनको व्यवस्था गर्ने बताएको छ । जिल्ला बाहिरबाट आएका मानिसहरुलाई सुरक्षित साथ राख्नका लागि नगरपालिकाले उक्त व्यवस्था गर्न लागेको हो ।
नगरपालिकाले प्रत्येक वडामा रहेका विद्यालय, संघ–संस्था र सामुदायिक भवनलाई क्वारेन्टाइन स्थल बनाइने नगरप्रमुख गजेन्द्र महर्जनले बताएका छन । शुक्रबार नगरपालिकामा बसेको बैठकले प्रत्येक वडामा तीन दिनभित्र क्वारेन्टाइन निर्माण गर्न सम्बन्धित वडाका व्यक्तिहरुलाई सूचना मार्फत निर्देशन दिएको छ ।
नगरपालिकाले यसअघि वडा नं ११ बज्रबाराही चापागाउँ अस्पतालमा १० शैयाको क्वारेन्टाइनको व्यवस्था गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्