आर्थिक वर्ष २०७७/७८ को बजेट प्रतिक्रिया

बजेट उत्साहजनक छ : शिव कट्टेल
अध्यक्ष, राष्ट्रिय उद्योग व्यापार महासङ्घ
आर्थिक वर्ष २०७७।७८ को लागि सरकारले ल्याएको यो बजेट सकारात्मक छ । बजेटले सबै क्षेत्रलाई उतिकै राम्रोसँग समेटेको छ । बजेटको सबैभन्दा राम्रो पक्ष अहिलेको वर्तमान कोरोना संक्रणका लागि विशेष उल्लेख हुनु हो । कोरोना सङ्क्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि ल्याइएको विशेष प्याकेज सराहनीय छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा अस्पतालहरूको बन्दोबस्त गर्ने व्यवस्था अति राम्रो देख्छु । घरेलु तथा साना उद्यमीको हिसाबले पनि बजेट उत्साहजनक छ । सार्वजनिक यातायातको लागि प्राधिकरण बनाउने कुरा सकारात्मक छ । बेरोजगारलाई तालिम दिने, क्रण दिने कुरा उल्लेख छ, जुन अति नै राम्रो हो । साथै सहकारीमार्फत काम गर्ने कुरा पनि सराहनीय छ । कृषि उत्पादनको बढवाको लागि काम गर्ने योजना सराहनीय छ । कृषिलाई सहकारीसँंज जोडने कुराले सवैतिर फैलिन सहज हुनेछ । समग्रमा कोरोनाको महामारीको बेला सबै विषयलाई उतिकै ध्यान दिएर आएको यो बजेट स्वागतयोग्य छ । बजेटको कार्यान्वयनको पाटोलाई पनि उतिकै जोडतोडमा लाग्न सके यसले नयाँ नेपाल बनाउन कुनै कठिनाइ हुने थिएन ।
२) हाम्रो सम्बोधन जिरो : महेन्द्र चित्रकार
अध्यक्ष, नेपाल इँटा उद्योग महासङ्घ
इँटा उद्योग नेपालका निकै कम उद्योगहरूमध्येको एउटा आत्मनिर्भर उद्योग हो । सिजनल रूपमा चल्ने यो उद्योग अरू उद्योग भन्दा भिन्न प्रकृतिको छ । यो उद्योगबाट अत्यधिक रोजगारी पाउने उद्योग पनि हो । यो उद्योग अत्यधिक समस्यामा छ । जस्तो कि वर्षमा ६ महिना चल्ने यो उद्योग यस वर्ष जम्मा तीन महिना जति मात्रै चल्यो । लकडाउन, मौसमलगायतका कारण आधाआधी समय मात्रै उद्योग चलाउन पायौँ । यस कारण यो उद्योग सङ्कटमा छ । तर यस्तो उद्योगलाई बचाउन यो वर्षको बजेटमा केही पनि कुरो आएन । हाम्रोबारेमा सम्बोधन जिरो नै देखियो । यस वर्षको बजेट हाम्रो लागि कागलाई बेल पाक्यो, हर्ष न बिस्मात जस्तै भयो । जबकि हामीले बजेट ल्याउन भन्दा अगाडि यो उद्योगलाई बचाउने हो भने यो अति आवश्यक उद्योग भएकाले भ्याट लिनु पाइँदैन, आयकरमा कमसेकम ५० प्रतिशत छुट हुनुपर्छ भनी लिखित माग पेस गरेका थियौ । तर त्यसको कुनै सुनुवाइ नै भएको देखेनौ । यो उद्योगलाई जोगाउन विशेष संरक्षण आवश्यक थियो तर केही पनि भएन । यही कारण हाम्रो करोडौँको लगानी यतिखेर निकै जोखिममा छ ।
३) बजेट सन्तुलित : मोहन कटुवाल
अध्यक्ष, ग्रील तथा स्टिल व्यवसायी महासघ, उपाध्यक्ष नेपाल घरेलु तथा साना उद्योग महासङ्घ
इतिहासकै कठिन अवस्थामा आएको बजेट समग्रहमा सन्तुलित देखिन्छ । अहिले सबैको जिवनसग जोडिएको चासोको विषय भएको बेला स्वास्थ्य क्षेत्रमा केन्द्रित भएर बजेटले प्राथमिकता दिए पनि कोरोनाको प्रकोप बढिरहेको अवस्था अझै अपुग देखिन्छ । देशमा भएका जनशक्तिको रोजगारीलाई निरन्तरता दिँदै ठुलो सख्यामा रोजगारी गुमाएर केही सीप सहित स्वदेश फर्कन लागेका युवाहरूलाई पनि रोजगारीमा जोड्न सक्ने कोरोनाको सङ्क्रमणका कारण सङ्कटमा परेको क्षेत्र घरेलु ,साना तथा मझौला उद्योग व्यवसाय प्रवर्धनमा सोचे जस्तै आउन नसके पनि अहिलेको कठिन अवस्थामा जे जति बजेटमा घोषणा भएको कुराहरू व्यवहारमा प्रभावकारी कार्यान्वयन हुनु पर्छ । कोरोनाको कारण सङ्कटमा परेको उद्योग , पर्यटन क्षेत्रलाई राहतको बिधुतमा डिमान्ड चार्ज छुट, साना उद्योगी लाई बिधुत महसुल केही छुट , स्वदेशी उद्योगबाट उत्पादित बस्तुको प्रयोगलाई प्राथमिकता दिने गर्ने ,७५ लाखलाई सीपमूलक तालिम दिने १३० स्थानमा उद्योग ग्राम स्थापना गर्ने निर्यातलाई प्रोत्साहन गर्ने , महिला उद्यमीलाई प्रोत्साहन गर्ने जस्ता कुरा स्वागत योग्य छ भने पूर्वाधार विकासलाई निरन्तरता दिने कुरा राम्रो पक्ष हो हो भने करको दर भन्दा दायरा बढाउने कुरा स्वागत योग्य हो । सरकारले अनावश्यक खर्चहरू कटौती गर्ने कुरा अत्यन्तै राम्रो पक्ष हो। बजेटमा छुट भएका केही स्टिमुलस प्याकेजहरू मौद्रिक नीतिले सम्बोधन गर्छ भन्ने विश्वास लिएका छौ।
प्रतिक्रिया दिनुहोस्