शिक्षाको लागि ६ अर्ब बजेट विनियाेजन

काठमाण्डौ। आउँदो आर्थिक वर्षको लागि सरकारले शिक्षा क्षेत्रमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आधारभूत शिक्षामा सबैको पहुँचको लागि यो बजेट छुट्याइएको अर्थमन्त्री डाक्टर युवराज खडिवडाले जानकारी दिए ।
उनका अनुसार साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान घोषणा गरेर आउँदो आर्थिक वर्षमा नेपाललाई साक्षर घोषणा गर्ने सरकारले घोषणा गरेको छ ।
सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई दिने गरिएको दिवा खाजाको व्यवस्था सबै जिल्लामा विस्तार गरिने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्