काठमाडौं : बजेटमा आयुर्वेद लगायतका उपचार विधिलाई प्रोत्साह गरिनेछ । निरोगी नेपाल अभियान अघि बढाइनेछ । निजी क्षेत्रबाट सञ्चालन गर्ने स्वास्थ्य सेवाको अनुगमन गरिनेछ । प्राकृतिक विपदमा निजी अस्पतालाई पनि प्रयोग गरिने भएको छ । अतिआवश्यक औषधिको मौज्दात राख्ने व्यवस्था गरिएको छ ।

राजमार्गका बढी दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टर स्थापना गरिनेछ । एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइने अर्थमन्त्रीले बताएका छन् । 

स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्बभन्दा बढी बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताएका छन ।