मोरङको बेलबारीमा इँटाले हानेर आमाको हत्या गरी छोराले पनि गरे आत्महत्या

मोरङ । मोरङको बेलबारीमा एक छोराले आफ्नै आमाको हत्या गरी आफू पनि आत्महत्या गरेका छन् ।
बेलबारी ४ स्थित बुधबारेका एक युवाले आज बिहीबार इँटाले हानेर घर भित्रै ६१ वर्षीय आमा देवीकुमारी लिम्बूको हत्या गरेपछि तरकारी काट्ने चक्कुले घाँटी रेटेर आफू पनि आत्महत्या गरेका छन् ।
उक्त स्थानका ३१ वर्षीय काले भनिने जीवन लिम्बूले पनि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
उनकाअनुसार इँटाले टाउकोमा प्रहार गरेर जीवनले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्