बिहीबार दिउँसो ४ बजे आगामी वर्षको बजेट आउँदै

काठमाडौं । भोलि अर्थात जेठ १५ गते नेपाल सरकारले आगामी वर्ष ०७७÷०७८ को आय व्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ । दिउँसो ४ बजे संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको बजेट प्रस्तुत गर्दै छन ।
अर्थमन्त्री खतिवडाले आफ्नो तेस्रो बजेट १६ खर्बमाथिको ल्याउँदै छन् । जसको लागि करिब साढे १० खर्ब रुपैयाँ राजस्वको अनुमान गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्