काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत मै सिमित हुने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धि २.३ प्रतिशत हुने बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभामा आव ०७६र७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले फागुनसम्मको आर्थिक गतिविधि तीव्र भए पनि त्यसपछि कोभिड १९ को प्रभाव पर्दा आर्थिक २.३ प्रतिशत हुने सरकारको अनुमान रहेको उनले बताए ।
चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । गत आर्थिक वर्ष २०७५÷७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो ।

पछिल्लो ३ आवमा उत्पादकको मूल्यमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको उनले बताए । चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ आय प्रचलित मूल्यमा गत वर्षको भन्दा ७.५ प्रतिशतले वृद्धि भएर एक लाख २६ हजार १८ पुग्ने उनले बताए ।