सरकारविरुद्ध मिडियाले आवाज उठाउन जरुरी छ : सभापति देउवा

काठमाडौं । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनमा समाजका गतिविधि बन्द हुँदा बेथिती र भ्रष्टाचारसँगै अलोकतान्त्रिक गतिविधि बढ्दै जाने देखिएकाले सञ्चार माध्यमले खबरदारीको भूमिका बढाउन जरुरी रहेको बताएका छन् ।
‘लकडाउन भएको दुई महिना पूरा भयो, पर्याप्त परीक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ सोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ’ उनले भने ।
उनले भ्रष्टाचारका विवरण सार्वजनिक गर्ने सञ्चारमाध्यमलाई धन्यवाद दिएर दोषीलाई कारबाही गर्नुपर्नेमा प्रधानमन्त्रीले सञ्चारमाध्यम र सामाजिक सञ्जालले अस्थिरता फैलाएको आरोप लगाएकोप्रति आपत्ति जनाएका छन् ।
‘म उहाँलाई प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । सञ्चार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ’ उनले भने । सभापति देउवाले कोरोनाको जोखिमको कारण कयौँ श्रमजीवी पत्रकार बेरोजगार भएका, आम्दानी घट्दा केही सञ्चारमाध्यम बन्द भएका र बाँकी सङ्कटमा परेकाले पत्रकारिता क्षेत्रको चुनौती सामना गर्न राहत प्याकेज ल्याउन सरकारसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस्