निरोगी नेपाल निर्माण गर्न नागरिकसँग प्रधानमन्त्रीका यी ५ माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपाल अभियान सुरु गरेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते सरकारको नीति तथा कार्यक्रममा सरकारले अब निरोगी नेपाल सञ्चालन गर्ने कुरा उल्लेख गरेकी थिइन । आज प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै निरोगी नेपाल बनाउन नागरिकसँग ५ कुरा माग गरेका छन ।
१. महामारीसँग लड्नको लागि स्वच्छ र सन्तुलित आहार गर्न आग्रह,
२. फुर्सदको समयमा स्वस्थ रहन निरन्तर व्यायाम गर्न आग्रह,
३. आफू र आफ्नो बासस्थानमा सरसफाई गर्न आग्रह,
४. शरीरलाई आवश्यक आराम दिन आग्रह,
५. उच्च मनोवल राख्नको लागि आग्रह ।
प्रधानमन्त्री ओलीले निरोगी नेपाको निर्माणका लागि नागरिकसँग यी ५ कुरा माग गरेका छन । यी ५ कुरा पुरा भएको खण्डमा नेपाल पूर्ण रुपमा निरोगी बन्नेमा उनी विश्वस्त छन ।
प्रतिक्रिया दिनुहोस्