वीरगंज । दुई जना पत्रकार सहित बीरगंजको नारायणी उप क्षेत्रीय अस्पतालबाट ४४ जना कोरोना सङ्क्रमितहरू डिस्चार्ज हुने भएका छन् ।

अस्पतालको कोरोना विभागका अनुसार उनीहरूको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको हो ।

डिस्चार्ज हुने ४४ जनामा सर्लाही, बाराका तथा पर्साका वीरगन्ज, धोबिनी, छिपहरमाईका र एक जना भारतीय पनि छन्।

अब अस्पतालमा २७ जना संक्रमितमात्र रहने छन्।