मोरङ । मोरङको बेलबारी ३ स्थित अमना शिसौली सामुदायीक वन स्थित एक व्यक्तिको शव झुन्डिएको अवस्थामा भेटिएको छ ।

बेलबारी वडा नम्बर ४ का ५८ वर्षीय वीर बहादुर गुरुङको शव जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

शनिवार दिउँसो १ बजे तिर स्थानियले गुरुङको शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको उक्त प्रहरी कार्यालयले जनाएको छ ।