काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुमा बाँकेका १४ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ जना र मोरङका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । भाइरसका कारण ३ जनाको मृत्यु भैसकेको छ जसमा ७० जना निको भएर घर फर्किसकेका छन भने अन्य संक्रमितहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । आज मात्रै बाँकेको नेपालगञ्जमा २१ जना कोरोनालाई जितेर घर फर्किएका छन ।