काठमाडौं । पाकिस्तानको व्यापारिक राजधानी मानिने कराची शहरमा एक यात्री विमान दुर्घटना भएको छ । कराची एयरपोर्ट अवतरण गर्न लागेको यो विमान पाकिस्तानको राष्ट्रिय एयरलाइन कम्पनी पीआईएको हो ।

यो दुर्घटनापछि घटनास्थलबाट कालो धुवाँको मुस्लो निस्किएको देखिएको छ । पाकिस्तान सरकारको तर्फबाट अहिलेसम्म यो घटनामा मृत्यु वा घाइते भएकाको बारेमा कुनै विवरण सार्वजनिक गरिएको छैन ।

पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खोलिएपछि एक पटक फेरि हवाई उडान सुरू गरिएको थियो ।