पाँच ।पाँचथरका स्थानीय तहका प्रमुखहरुले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन् । जिल्ला समन्वय समितिले हालै फिदिममा आयोजना गरेको भेलामा स्थानीय तहका प्रमुखहरुले विदेशबाट आएकाको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना गर्न कठीन हुने बताएका हुन् । शीघ्र डाइग्नोष्टिक परीक्षण ९आरडिटी० विश्वासनीय नभएको बताउँदै उनीहरुले पीसीआरपछि मात्रै विदेशबाट आएकालाई गाउँ पठाउन माग गरेका छन् ।

“बाहिरबाट आउनेहरु गाउँमा पुगेपछि न क्वारेन्टिन प्रभावकारी हुन्छ न त होम क्वारेन्टिन नै”, जिल्लाको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले भने, “आरडिटी परीक्षणप्रति आम मानिसमा विश्वास छैन । यसैले विदेशबाट आउने सबैको स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाइयोस् ।” अध्यक्ष लिङ्देनले बिना परीक्षण विदेशबाट ल्याइएकालाई गाउँ पु¥याउँदा सङ्क्रमण फैलने डरसमेत उत्तिकै रहने बताए । भारतसहित अन्य मुलुकमा अलपत्र परेका तथा उद्धार गर्नुपर्ने अवस्थाका नागरिकलाई गाउँमा ल्याएर राख्ने विषयमा स्थानीय तहका जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उनिहरुले विदेशबाट ल्याइने नागरिककै कारण गाउँ–गाउँमा कोभिड–१९ को सङ्क्रमण फैलन त्राससमेत ब्यक्त गरेका छन् ।

तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेन्टिन निर्माण गरी विदेशबाट आउनेहरुलाई दुई सातासम्म राख्ने प्रवन्ध गर्न आग्रह गरे । “बरु क्वारेन्टिनमा भएको खर्च हामी आफैँ ब्यहोर्छौँ”, अध्यक्ष थापाले भने, “सकभर विदेशबाट आउनेहरुलाई फिदिममै राखियोस् ।” सदरमुकाम बाहिरका स्थानीय तहहरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प¥र्याप्त नहुँदा विगतमा क्वारेन्टिन सञ्चालन एवम् सुरक्षा कायम गर्न कठीनाई परेको जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको निश्कर्ष छ । “पर्र्याप्त सुरक्षाकर्मी नहुँदा हामीले क्वारेन्टिन ब्यवस्थापमा स्वयम्सेवक समेत परिचालन गरर्यौ, कुम्मायक गाउँपालिकाका अध्यक्ष चेम्जोङले भने, “स्थानीयवासी भएकै कारण क्वारेन्टिनमा बस्नेले स्थानीय तहलाई पत्याएनन् । ब्यवस्थापनमा समस्या भयो ।”

विगतमा विदेशबाट आएका, तिनको सम्पर्कमा पुगेका तथा जिल्ला बाहिरबाट ल्याइएकालाई यहाँका क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा राख्दा अनावाश्यक झन्झट ब्यहोर्नु परेको तथा क्वारेन्टिनमा बस्नेले अनावाश्यक सुविधा खोजेको स्थानीय तहका जनप्रतिनिधिहरुको साझा गुनासो छ । जनप्रतिनिधिले रोजगारीका लागि खाडी मुलुकलगायत अन्य देशमा गएका नागरिकसमेत स्वदेश फर्कनसक्ने भएकाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेटिन निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँल्याएको छ । “सङ्क्रमण फैलने क्रमले चाँडै यो महामारी रोकिने देखिएन । त्यसैले स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर अस्थायी तर ब्यवस्थित क्वारेन्टिन बनाऔँ”, हिलिहाङ गाउँपालिकाका अध्यक्ष लिङ्देनले भने ।

काठमाण्डौँबाट यहाँका वासिन्दा ल्याइएपछि जनप्रतिनिधिले अतिरिक्त दबाव भोग्नुपरेको गुनासो गरेका छन् । “धेरै सङ्क्रमित भएका तराईका जिल्लाबाट समेत गाउँ आउन पाउनुप¥यो भनेर दर्जनौँ फोन आउँछन्”, जिल्लाको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले भने, “काठमाण्डौैँमा बस्नेलाई लैजाने, हामीलाई नलैजाने भन्छन् । ल्याउन पनि नहुने, नल्याउँदा पनि नहुने स्थिति आइपर्यो ।”

जिल्ला याङवरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङ रातारात एम्बुलेन्स तथा खाद्यान्न ढुवानी गर्ने साधनमा आउनेले स्थानीय तहलाई समस्या थपदिएको बताइन । कतिपय स्थानमा त सङ्क्रमित भेटिएका जिल्लाबाटै पैदल यात्रा गरेर आउने क्रमसमेत देखिएपछि जनप्रतिनिधिहरु चिन्तित बनेका छन् । “मोरङबाट हिँडेर केही घण्टामा आइपुग्छन् । आएर गाउँमा बस्छन् । पछि क्वारेन्टिनमा राखेर के गर्नु रु” जिल्लाको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले भने, “इलामका कतिपय स्थानीय तहमा क्वारेन्टिनसमेत छैनन् । हामीले मात्रै सतर्कता अपनाएर के गर्नु ”

सर्वपक्षीय भेलाले सदरमुकाम फिदिम नगरपालिका तथा सात वटै गाउँपालिकामा सरकारले तोकेको मापदण्डअनुसारका सकेसम्म धेरै वेड क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए । भेलाका सहभागीहरुले मंहगी नियन्त्रण गर्न, एम्बुलेन्सबाट भइरहेको आवागमन रोक्न, शिक्षक, कर्मचारी र दलका कार्यकर्तालाई क्वारेन्टिन ब्यवस्थापनमा खटाउनसमेत आग्रह गरेका थिए ।