काठमाडौं । स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका उत्तम कार्की रिहा भएका छन । जेठ ४ गते उनलाई स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।


अदालतले गम्भीर अपराधको मुद्दाबाहेक सामान्य सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका व्यक्ति छोड्नु पर्ने बताएपछि उनी आज छुटेका हुन् । उनलाई अबका दिनमा यस्ता प्रकारका व्यवहार गर्ने चेतावनी दिर थुनामुक्त गरिएको काठमाडौं महानगरीय प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

उनीसहित ७÷८ जनाको समूहले नागढुङगा नाकामा बागमती प्रदेशका एक स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेका थिए । ती स्वास्थ्यकर्मीको गाडी रोकेर उनीहरुले अनावश्यक रुपमा उनको झोला खोल्न लगाएका थिए ।