फलफूल र तरकारी आयातमा रोक

ललितपुर । जिल्लाको गोदावरी नगरपालिकाले कालीमाटी, बल्खु र बानेश्वरबाट आयात हुने फलफूल तथा तरकारी निषेध गरेको छ ।
कोरोना भाइरसको जोखिम बढिरहेका कारण नगरपालिकाले उक्त ठाउँबाट आउने तरकारी प्रयोग नगर्न आग्रह गरेको छ । नगरप्रमुख गजेन्द्र महर्जनले कालीमाटी, बल्खु र बानेश्वरबाट कुनै व्यापारीले फलफूल तथा तरकारी ल्याएर बिक्री वितरण गरेको पाइएमा ती व्यापारीलाई कारवाही गरिने बताएका छन ।
यसैगरी नगरप्रमुखले जारी गरेको सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्रीका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुल्ला गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्