काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी थालेको छ ।


जेठ ५ गते बसेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्राविधिक कारणले केही काम बाँकी रहेको र त्यसको काम भइरहेको छ । यदि यो काम सकिए आजै नयाँ नक्सा सार्वजनिक गर्ने तयारी भैरहेको छ ।

मन्त्रिपरिषदले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा नेपालको नयाँ नक्साको व्यापक प्रयोग भैरहेको थियो जसलाई मन्त्री पद्मा अर्यालले मन्त्रालय नयाँ नक्सा तयारीमा लागेकाले त्रुटिपूर्ण नक्सा प्रयोग नगर्न आग्रह गरेकी थिइन ।