कोरोना संक्रमितको संख्या बढदै गएका कारण कपिलवस्तु जिल्लालाई आगामी जेठ २० गतेसम्म पूर्ण रुपमा सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लालाई जेठ २० गतेसम्म नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो । जिल्लालाई यसअघि सरकारले गरेको लकडाउन जेठ ५ सम्म सिल गर्ने निर्णय गरिएको थियो ।

जिल्ला पूर्ण रुपमा सिल भएपनि अत्यावश्यक सेवाहरु भने निर्वाध रुपमा सञ्चालनमा आउने छन । अत्यावश्यक बाहेकका अन्य सेवाहरु, सवारी साधन, उद्योग, कलकारखाना हरु पूर्ण रुपमा बन्द रहनेछन । सोमबार सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।