परापूर्वकालमा हिमालयमा कैलाश मुकुट नाम भएको एउटा सहर थियो। त्यस सहरमा हिन्दु धर्ममा आश्रित मानिसहरुको बसोवास थियो। उनीहरुका राजा पनि हिन्दु थिए। राजाको नाम अणु थियो। उनको महारानीको नाम विणु थियो। राजा अणु र रानी विणु अति दयालु प्रजापालक भएका हुनाले राजा र प्रजाहरुको कार्यमा कुनै कुराको कमि थिएन। उनीहरुको सम्बन्ध नङ र मासुको जस्तै एक अंग भई राज्य संचालनमा लागि रहेको हुन्थ्यो।

राजा र प्रजा मिलेर कैलाश मुकुट सहरलाई शान्त, हराभरा र गतिशिल बनाइएको थियो। त्यस राज्यमा केहि कुराको कमि थिएन। राजा र प्रजा गतिशिल भएको समयमा महारानी विणुले छोरा जन्माइन र राजदरवारमा भारि उत्सवको तयारी गरियो। रानीले छोराको नाम आफ्नो हिसावले नामाकरण गर्ने माग गरिन। तर त्यो कुरा राजाले अस्वीकार गरिदिए। त्यसपछि राजा र रानीबीच असमज्दारी पैदा भई राजसभाको बैठक बोलाइयो। त्यस सभाले नाबालक शीशुको नाम अ र वि बाट नामाकरण गरि अविर्णु राख्ने घोषणा गर्यो जसले राजा र रानीबिचको असमज्दारीलाई सदाकालागि समाप्त गरिदियो र अविर्णुलाई राज्यको उत्त्तराधिकारी घोषणा गरि राजसभाको बैठक समापन भयो। युवराज अविर्णु रातमा दुई गुणा दिनमा चार गुणाले बढ्दै आए। त्यसपछि राजा र रानीमा पनि कुनै कुराको असमज्दारी देखा परेन। एकदिन उनीहरुका समज्दारीले युवराज अविर्णुको विवाहका लागि ३२ गुण युक्त कन्याको खोजि गर्ने सहमति गरियो। राजदरबारका विश्वास पात्रहरु कन्याको खोजीमा लागे। दिन बित्दै गए रात कट्दै गए राजा र रानिले खोजे जस्ती ३२ गुणले युक्त कन्याको जानकारी आउन सकेन र राजदरबारलाइ सङ्कट आइपर्‍यो।

राजाबाट घोषणा भएको वाणीलाई राज्यले पालना गर्नुपर्ने भएको हुनाले राज्यका सेना,प्रहरी, गुरु पुरोहित र अन्य बुद्धिजीविहरु चारै दिशातर्फ ३२ गुण युक्त कन्याको खोजीमा खटिए। खोज्दै जाँदा एउटा गौपालक – गोपालबंशी किसानको घरमा राजाबाट माग भए जस्ती कन्याको जानकारी आयो र राजा र रानी खुशी हुदै राज्यका ज्योतिषिहरुलाई गोपालबंशी कहाँ गई उपयुक्त कन्या भए नभएको पृष्टी गर्न निर्देशन दिए। त्यसपछि ज्योतिषिहरु पनि राजाको आज्ञा सिरोपर राखी खुशी हुदै गोपालबंशी गौपालक किसानको घरमा पुगे। त्यस घरमा राजाबाट आज्ञा भए अनुसार ३२ गुणले युक्त दुई कन्या थिइन । एउटै आमा वुवाका छोरी उनीहरुको रुप सुन्दर थियो। एकै बेलामा जन्म लिएकी जूम्ल्याह सुन जस्तै टल्किने, रंग पनि एक, रुप पनि एक, गुण पनि दिदि बहिनीको राजाले खोजे जस्तै थिए।

दिदीको नाम दया र बहीनिको नाम माँया। उनीहरुमा कुनै कुराको तलमाथि थिएन। तौलेको सुन जस्तो दिदि बहिनि दया र माँयालाई जेठी र कान्छी छुट्याउन सक्ने अवस्था समेत नभएको हुनाले दुवै दिदि बहिनिलाई ३२ गुणले युक्त घोषणा गरि ज्योतिषिहरु राजाकहाँ आई सो कुरा जानकारी गराए। त्यस कुराबाट राजा रानी दोधारमा परे र बुझ विस्तारका साथ एउटी कन्यालाई विवाह गरि अर्कीलाई छोड्दा आफ्ना छोराले विवाह गरि ल्याएकी कन्या भन्दा छोडेकी कन्या उत्तम ठहरिन गएमा राज ज्योतिषिहरु समेत झुट्टा ठहरि राजदरबारमा पनि असर पर्ने ठहर गर्दै राजाले आफ्नो छोरा अविर्णुका साथ् दया र माँया दिदि बहिनि दुबैलाई सौता बुहारी विवाह गरि छुटा छुट्टै दरबार तयार गरि नव युवरागीलाई आआफ्ना दरवारमा बस्न लगाए। समय तालिका अनुसार अविर्णुलाई पनि कडा निगरानीका साथ् दया र माँयाका राज महलमा प्रवेश गर्ने अनुमति दिए। राजा अणुले बनाएको समय तालिका अनुसार युवराज अविर्णु आफ्नो श्रीमती दया र माँयाका राजमहलमा छुट्टा छुट्टै आनन्द पुर्वक रमाउन लागे। राजमहलमा कुनै कुराको कमि थिएन। सुन्दर राजमहलहरु थिए। नव दुलही दया र माँयाको जिउयाेवनमा पनि कुनै कुराको कमि थिएन।राजमहलमा सेवा सत्कार गर्नाकालागि सेवकहरु खटाईएका थिए। द्वारपाले सेना र प्रहरीहरु पनि उनीहरुका राजमहललाई पहरा दिई रहेका हुन्थे। युवराज्ञी दया र माँयाको बस्ने राजमहलमा स्वर्गको आभाष आइरहेको थियो। कैलाश मुकुट राज दरवारमा आनन्दको अनुभुति भईराखेको थियो। राज परिवारका सदस्यहरु खुशी थिए। सेना, प्रहरी, कर्मचारी र जनता आनन्दित थिए।

राजा अणुले बुहारिहरुको सौतेनी इर्षा नजागोस भन्नका लागि छुट्टा छुट्टै राजमहल तयार गरि बस्न लगाए। युवराज अविर्णुलाई दया र मायाँको समय मिलाई कार्यतालिका बनाए। तर बाह्र वर्षसम्म उनीहरु दिदि बहिनीहरुमा सन्तान नभएको हुनाले राजदरवारमा अर्को चुनौती थपिन गयो। राजा र रानी ठुलो पुत्र संकटमा परि आफ्नो बुहारी दया र मायाँका राजदरवारमा कडा निगरानि लागु गरि दया र मायाँलाई उनीहरुको राजमहलमा नजर बन्द गरियो साथै उनीहरुका राजमहलमा खटिएका सेवकहरुलाई फिर्ता बोलाइयो। युवराज अविर्णुलाई दया र मायाँसित सिमित वार्तालाभ गर्ने नियम बनाइयो। उनीहरु दिदि बहिनीको राजमहलमा अविर्णु बाहेक सबै मानिसहरुलाई भेटघाट र वार्तालाभ निषेध गरियाे। अविर्णुलाई पनि दया र मायाँको समाचार आदानप्रदान गर्ने अधिकार थिएन। उनि तोकिएको समय अनुसार नियम बमोजिम दया र मायाँका राजमहलमा छुट्टा छुट्टै वार्तालाभ गरि आफ्ना आम वुवाको निगरानीमा राज दरवारमा उपस्थित हुन्थे। दया र मायाँ सेनाको घेराभित्र आआफ्नो महलमा लकडाउनकाे नियममा बन्द थिइन। उनीहरुको खानपिन,लुगा कपडा, औष़धि उपचार लगायत सम्पूर्ण व्यवस्था मिलाउने जिम्मा सेना र रोबोटलाई दिईएको थियो। दया र मायाँ दिदि बहिनीहरु सित वार्तालाभ गर्ने छुट सेनालाई पनि थिएन।राजहट यस्तै हुन्छन, निरंकुश यस्तै हुन्छन।

उदाहरणको लागि राजाको बोलि राइफलको गोलि फिर्ता हुदैन, आयो त आयो गयो त गयो। यस्ता हटले सप्रिन्छ पनि बिग्रिन्छ पनि। जे होस राजहटले गर्दा ३२ गुणले परिपूर्ण दिदि बहिनि दया र मायाँ सौता हुनगई बिना कसुर आफ्नै बस्ने घरमा लक्डाउनमा बस्नु पर्ने बाध्यता आईलग्यो। के राजासित त्यसभन्दा अर्को उपाय केहि थिएन ? उनीहरु अबोध नारीलाई लकडाउनको नजर बन्दमा किन राखियो ? सन्तान नहुनु नारीहरुको मात्र दोष किन ? यसमा अविर्णुको दोष छ कि छैन ? छ भने उसलाई लकडाउनमा किन राखिएन ? गुणवान नारी दया र मायाँलाई लकडाउनमा राखी रोबोटद्वारा खानपिनको व्यवस्था मिलाउनु यो मात्र राजा अविर्णुको उपाय उचित थियो त ? त्यसमाथि उपाय थिएन ? दिदि बहिनिहरुले छुट्टा छुट्टै लकडाउनमा बस्नुपर्ने अर्को आन्याय नारि माथि ? साथै राजहटले लाधेको निरंकुशले श्रीमान श्रीमतीहरुलाई आफु खुशी वार्तालाभ र अंकमाल गर्न नपाउनु कस्तो न्याय हो ? राजहटको लकडाउनले लाधेको निरङ्कुश व्यवस्था पालना गर्दै युवराज युवराज्ञीहरुले लकडाउनसंग लडाई गरि कैयौ दिन बिताए। त्यहाँ विज्ञानको आवश्यकता देखिएन। बैज्ञानिकहरुसित पनि राय सल्लाह लिइएन। शासकलाई लकडाउन सजिलो लाग्यो सोहि गरे। अबोध नारीका इच्छा आकांक्षाहरु कुण्ठित गरे, लकडाउनमा राखे उनीहरु माथि अन्याय गरे।

दया र मायालाई लकडाउनको नियम उल्लङ्घन गरि आफु खुसि स्वतन्त्र भएर बस्न र बच्न पाउने अवस्था थिएन। उनीहरु बाध्य भएर आ-आफ्नो राजमहलमा बसी राखेका थिए। रोबोटलाई उनीहरुको सेवा सत्कारमा खटाईएको थियो। युवराज्ञी दया र मायाँको एकआपसमा संवाद गर्ने अधिकार थिएन। उनका राजमहलहरु सेनाका घेराभित्र थिए। त्यस्ता घेराभित्र जाने अधिकार युवराज अविर्णुलाई मात्र दिईएको थियो। उनि पनि रोबोट जस्तै बनेर जान्थे। सिमित समयमा आफुलाई चाहेजति यौवन क्रिडा गरेर फर्कने गर्दथे र त्यसको लेखाजोखा सेनाले राखेको थियो। एकदिन अविर्णु युवराज्ञी दयाको महलमा गएका समयमा आकाशमा कालो बादल मडारियो साथै आँधीबेरीआई अंध्यारो भयो। सेनाहरु आफ्नो डीयुटिमा खट्न नसकी तितरवितर भए। त्यसै समयमा युवराज अविर्णुले राज हुकुमको अवज्ञा गरि सेनाहरुका आँखा छली छुट्टै राजमहलमा लकडाउन सित लडाई गरिरहेकी कान्छी युवराज्ञी मायाँसँग यौवन कृडा गर्न पुगे। दैव हार, कसैले नटार… भन्ने उखान लागु भयो। अविर्णु रोबोटजस्तै बनेर सिमित समयका लागि दयाको बन्दि गृहमा गएको कुरा सेनालाई थाहा थियो। दैब संयोगले सोहि समयमा युवराज मायाँका बन्दि गृहमा प्रवेश गरेको जानकारी सेनाले पनि पाउन सकेन। राजालाई पनि जानकारी भएन। त्यो कुरा इश्वोरलाइ मात्र थाहा भयो साथै अविर्णुलाई पनि समयको पालाना गर्नुपर्ने थियो। समयको गति तिब्र थियो युवराज्ञीहरु लकडाउनको पिडामा आफ्नै राजमहललाई झ्यालखाना सम्झिरहेका छन्। अविर्णु आफ्नो समय तालिकालाई पालना गर्दैछन्। सेनाहरुले त्यसको जानकारी राजदरवारमा पठाई रहेका छन्। नियम कडा छ र सबैले नियमको पालना गरिरहेका थिए। दया र मायाँका राजमहलमा डियुटीमा खटिएका सेनाहरुलाई पनि एक आपसमा सम्पर्क गरि वार्तालाभ गर्ने छुट थिएन। अन्धकार थियो मानिसहरु राजाको ईशारामा हिड्ने गर्दथे। प्रायजसो युवराज्ञीहरुका बन्दि गृहका समाचारहरु राजदरवारमा पठाइने गरिन्थ्यो। लकडाउनको नियम कडा हुदै थियो। अविर्णुलाई पनि समयको पालाना गर्नुपर्ने थियो। युवराज्ञीहरु बन्दि गृहमा सकस थिइन्। अविर्णु रोबोट जस्तो भएर युवराज्ञीसङ्ग नियम बमोजिम पालो लिई राखेका थिए, मायाँ थिएन, संवाद थिएन, युवराज्ञी दया र मायाँका बन्दि गृह भित्रको समाचार कसैलाई जानकारी थिएन, अविर्णुलाई जानकारी भएको बिषयवस्तु कसैलाई भन्न सकिने आवस्था थिएन।

तै चुप मै चुप भएको समयमा युवराज्ञी दया र मायाँका बन्दि गृहमा चर्को स्वोरले शिशु रोएको आवाज सेनाको जानकारीमा आयो र डियुटिमा खटिएका द्वारपालेहरुले गोप्य तरिकाले दया र मायाँका वन्दी गृहमा बालक रोएको समाचार राजा कहाँ जानकारी गराए। राजा अणु खुसि हुँदै सो कुरा पुष्टी गर्नलाई त्यसतर्फ आफ्ना दुत पठाउने उर्दी जारि गरे। त्यसका साथै लकडाउनको समय समाप्त भयो। राजाका दुतहरु दया र मायाँको राजमहलमा प्रवेश गरे। सेनाहरुका घेरा साघुरिय युवराज्ञीहरु माथिको वन्दी कारवाही फुकुवा भयो साथै राजदुतहरुले युवराज्ञी दाया र मायाँले एक/एक सुन्दर नवजात शीशु छोरा जन्माएको समाचार राजा कहा जानकारी गराए। त्यसपछि राजदरवारमा ठुलो उत्सव गरियो। दया र मायाँको सम्मान भयो। जनताले दिपावली मनाए, घन्टी बजाए, दियो बत्ति मैनबत्ति बाले, थाल कचौरा लोहोटा बजाए, राष्ट्रिय गान गाए, राष्ट्रिय झण्डा फहराए। नवजात शीशुको छैटि न्वारन गरि विधि विधान अनुसार नामाकरण गरियो। युवराज्ञी दयाका सुपुत्रको नाम शंख रहन गयो भने मायाँका सुपुत्रको नाम चक्र राख्ने निर्णय गरियो। तिनी बालकहरु पूर्ण चन्द्र जस्तै विकशित भई कैलाश मुकुट राज्यमा सुख शान्ति छाई राखेको समयमा महाराजा अणु र महारानी विणुलाई रोग लागि राजगद्दीमा बस्न अयोग्य भए। त्यसपछि महाराजा अणुले आफ्नो स्वइच्छाले निर्वाद रुपमा आफ्नो छोरा अविर्णुलाई राजगद्दी सौपिने निर्णय गरे साथै उत्तराधिकारी पनि घोषणा गर्नुपर्ने भएकाले राज परीवारसित परामर्स गरियो। त्यसै क्रममा युवराज्ञी दयाले आफ्नु छोरा शंखलाई उत्तराधिकारी योग्य ठहराइइन् भने युवराज्ञी मायाँले पनि आफ्नु छोरा चक्रलाई नै अविर्णु पछिको उत्तराधिकारी घोषणा गर्नुपर्ने माग राखिन। युवराज्ञी दया र मायाँले आ-आफ्नो छोरालाई राज्यको उत्तराधिकारमा दाबी गरेपछि राजा अणु निर्णय गर्नबाट पछि हटे र सो निर्णय गर्ने आधिकार अविर्णुलाई सुम्पिदै राजगद्दी छोडी सन्यास लिए। त्यसपछि राजा अणु महारानी विणुका साथमा कैलाश पर्वतमा तपस्या गर्न लागे। आफ्नो देशको कार्यकारी राजा अविर्णु भए। उनि राजा भईसकेपछि दया तर्फका संख र मायाँ तर्फका चक्र मध्य कसैलाई पनि उत्तराधिकारी घोष़णा गर्न नसक्दा उनकि रानी दया र मायाँको सौतिनी इर्स्या बढ्न गई राज्यका नागरिकहरु दुई खेमामा बाडिए। आधा दयाका पक्षमा उभिए र आधा मायाँका पक्षमा लागि देश कमजोर भयो, नागरिकहरुले दुख पाए, विदेशीहरुले हस्तक्षेप गरे, साँध सिमानाहरु मिचिए, जँगीपिलरहरु ढले, राष्ट्रसेवक कर्मचारी, सेना र प्रहरीको मनोबलमा गिरावट आयो। देशको अमन चयन खलबलिएको समयमा पूर्व राजा अणु र रानी विणुको एकैसाथ मृत्यु भयो। त्यसपछि उनीहरुको काजक्रिया हिन्दु धर्म अनुसार गर्ने निर्णय गरियो साथै उनीहरुको दाहसंस्कार भएको समसान क्षेत्रलाई धार्मिक तिर्थस्थल स्थल बनाउने सहमति भयो। सरकारको तर्फबाट शवयात्राको तयारी गरिएको थियो । यही समयमा मायाँ पक्षका केहि मानिसहरुले राजारानीलाई महारोग लागि मृत्यु भएको हुनाले शवयात्रा स्थगन गरि उनीहरुका शव सामान्य नागरिकहरुका सरह दाहसंस्कार गरिनुपर्ने अडान लिए। दया पक्षका मानिसहरुले सरकारको निर्णयलाई स्वागत र सहयोग गरे। मायाँ पक्षका मानिसहरु विपक्षमा उभिए।

दिदि बहिनिहरुका सौतेनी इर्षाले राजा र रानीको लासमाथि राजनीति गर्यो। सौताका रिस,लासमाथि राजनीति, किसानहरुलाई विउ चाहिन्छ, राजनीति गर्नेहरुलाई निउ चाहिन्छ भनेको यहि हो। सरकारका तर्फबाट आफ्नो पुर्व निर्णय अनुसार राजारानिको संयुक्त शव यात्रा गर्ने र स्थानिय समसान घाटमा दाहसंस्कार गरि सो स्थानलाई बृहत तिर्थ स्थान स्थापना गर्ने तयारिका साथ शवयात्रा सुरु गरियो । विपक्षीहरुले नारा बाजि गर्दै अवरोध सिर्जना गर्ने काम सुरु गरे । शवयात्रा अगाडि बढिरहेको थियो । विपक्षीहरुको बिरोधका नाराहरु पनि अगाडी बढ्दै थिए । महारानी दया पक्षका सेना,प्रहरी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारण नागरिक तथा शिक्षक, प्राध्यापक समेतका मानिसहरु एकजुट भइ शवयात्रा समसान घाटमा पुग्यो । महारानी मायाका समर्थकहरु प्रतिपक्षमा उभिएर समसान घाट कब्जा गरि सेना प्रहरीमाथि ढुङ्गा हान्न सुरु गरे । सरकारका तर्फवाट धेरै प्रयास गर्दा पनि मृतक राजा अणु र रानी विणुको स्थानीय समसान घाटमा दाहसंस्कार हुन सकेन ।सौतेनी इर्षाले गर्दा त्यो क्षेत्रमा बृहत धर्मिक तिर्थस्थल स्थापना गर्ने कार्य पनि हुन सकेन।

विपक्षिहरुको बिरोध नाराबाजी सशस्त्र भई राखेको थियो। शव यात्रा अगाडी बढिरहेको थियो। सर्वसाधारण मानिसहरुमा अन्योल छाई रहेको थियो। शव यात्रा अगाडी बढ्दै छ। नाराबाजी पनि हुदैछन्। मृतक राजा र रानीका शव दाहसंस्कार गर्ने समसान घाटको निश्चित छैन। अन्योल छाएको छ। शव यात्रा अगाडी बढी रहेको छ। बिपक्षिहरुको राजनीति अडानका कारण शव यात्रा काठमाडौँ उपत्यकामा आइपुग्यो। त्यसपछि सरकारका तर्फबाट मृतक राजा र रानीको दाहसंस्कार पशुपति क्षेत्र बागमती नदीको किनारमा गर्ने निर्णय गरियो। विपक्षिहरुले त्यसमा पनि असहमति गरि नाराबाजी कायमै राखे। पशुपति क्षेत्र जस्तो धार्मिक स्थलमा पनि उनीहरुको सत्कार हुन सकेन। दया पक्षका सरकारको समर्थन गरेका मानिसहरुले राजा र रानीको दाहसंस्कार रिडी गण्डकीमा गर्ने निर्णय गरि त्यस तर्फ शव यात्रा अगाडी बढाए। त्यहाँ पनि विपक्षिहरुले नारावाजी गरे। दाहसंस्कार नभई शव यात्रा अगाडी बढाइयो। त्यसपछि सरकारको तर्फबाट विपक्षिहरुसंग एउटा प्रस्ताव राखियो। तपाईहरु भन्नुहोस राजा र रानीको दाहसंस्कार कहाँ गर्ने? मेचीमा ? नाई ! भेरी अथवा कर्णाली नदीमा? नाई ! जनकपुरमा ? नाई ! देवघाटमा ? नाई !माहाकाली नदीको ब्रहमदेव मन्दिर क्षेत्रमा ? नाई ! सरकारका तर्फबाट यत्रो प्रयास गर्दा पनि विपक्षिहरुले आफ्नो अडान कायमै राखे। सरकार कमजोर भयो। विपक्षिहरु सशस्त्र भए। आफ्नो अडान कायमै राखे। सरकारको तर्फबाट राजा र रानीको दाहसंस्कार गर्नुपर्ने भएको हुनाले लाचार भएर शवयात्रा भारतको नैनीसारंज्ञमा पुगाई त्यहा सतगत गर्ने सहमति खोजियो।

विपक्षिहरुको तर्फबाट वार्ताको प्रस्ताव आयो। नैनीसारंज्ञमा सरकार र विपक्षिको वार्ता भयो। नैनीसारंज्ञ वार्ताबाट मृतक राजा अणु र रानी विणुका शवलाई गयाँजीमा लगेर दाहसंस्कार गरि सो स्थानलाई बृहत धार्मिक तिर्थस्थल स्थापना गर्ने निर्णय गरि वार्ता सफल भएपछी सहमति जुट्यो। राजा र रानीको दाहसंस्कार हुने भयो। सबैजना एक भए, एकपक्षिय देखियो, एक स्वर भयो, राम नाम सत्य हो,गयाँजी जाउ दाहसंस्कार गरौ भन्दै नारा लगाए। त्यसपछि शव यात्रालाइ गयाँजिमा बिसर्जन गरे। राजा र रानीका शव धार्मिक परम्परा अनुसार दाहसंस्कार गरि गयाँजीलाइ बृहत तिर्थधाम घोषणा गरि पक्ष विपक्ष भएका मानिसहरु एक भई अणु विणु गयाँजी हामी त्यसै रयौजी भन्दै स्वदेश फिर्ता भए। बाघ गयो बुद्दि आयो भनेको यही हो। यस्तो सहमति स्वदेशमा गरिदिएको भए यो देशमा पनि केहि हुन्थ्यो कि ?आजसम्म हाम्रा हिमालयका काखबाट बगेका नदीहरु मेची, कालि, भेरी, कर्णाली, रिडी, गण्डकी, बागमती, विष्णुमति जस्ता कैयौ नदिहरु खाली छन्। यस्ता शुद्ध पबित्र नदीहरुमा हाम्रो ध्यान गएको छैन। हाम्रो पानि, हाम्रो जवानी खेर गएको कसैलाई थाहा छैन। हामी दाजु भाइ दिदि बहिनीहरु पक्ष विपक्ष भई लड्दै छौ। एक आपसमा मिल्न नसकी दक्षिण मुख फर्काइ हिड्दै छौ। हामीहरुले दक्षिण मुख फर्काउने बानी छोड्नुपर्छ। मेची कालिलाई जोड्नुपर्छ। नेपालीहरुको नाता दाजु भाईको जस्तै हुनुपर्छ। नङ र मासु जस्तो अनि मात्र नेपाली भूमिमा ट्रेन गुडछन्, आकाशमा प्लेन पनि उड़छन्। सबैलाई चेतना भया।