काठमाडौं । राप्रपाका युवा नेता निराजन बम ठकुरीले गाउँमा राखिएको क्वारेन्टाइन गाउँभन्दा अलग ठाउँमा राख्न आग्रह गरेका छन । कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा क्वारेन्टाइनको लागि गरिएको ठाउँ उपयुक्त नभएको बमले बताएका छन ।

पहिलो पटक क्वारेन्टाइनको लागि घाटाचौरमा हुदा मान्छे पुलबाट तरेर कोरोना फैलिन्छ भनी पुस्ताकोले बनाएको पुल काटेको धेरै दिन भएको छैन । कोरोना भाइरस को सँग छ भनेर आखाले नदेखिने भएकाले क्वारेन्टाइन गाउँबाट अलग गर्न बमले गाउँपालिकालाई आग्रह गरेका छन । बमले भनेका छन–‘क्वारेन्टाइनका लागि आफ्नो घर दिएका होइनन कमी, कमजोरीलाई लुकाउन र खोक्रो लोकप्रियताका लागि अध्यक्ष लक्ष्मण बमले यो उपाय मात्र गरेका हुन ।’

केही दिन पहिला रोग फैलिन्छ भनेर घाटा चौरमा गरिएको क्वारेन्टाइनबाट मान्छे पुल तरेर रोग फैलिन्छ भनेर पुल काटेको धेरै दिन भएको छैन । तर आज पुल पार गरी गाउँ बस्ती नजिकैको आफ्नो घरलाइ क्वारेन्टाइनको लागि दिनु भनेको केही रहस्य भएको बमले बताएका छन । जहाँ ज्वरो नाप्ने थर्मोमिटर छैन त्यहा गाउँ भित्र वा मान्छे चहलपहल हुने ठाउँमा कुनैपनि हिसाबले क्वारेन्टाइन उपयुक्त हुँदैन यो मेरो मात्र राय होइन आम पलाता बासीको चाहना हो युवा नेता बमले बताएका छन ।

‘यदि क्वारेन्टाइनका लागि आफ्नो घर उपयुक्त हुन्थ्यो भने पहिला किन भएन म प्रश्न गर्छु । तर जनतालाइ रोग र भोकबाट बचाउने बेला भोकका लागि राहत छैन रोगबाट बचाउनेका लागि बस्ती भित्रको घर क्वारेन्टाइन उपयुक्त छैन । कहिले क्वारेन्टाइन स्कुलमा कहिलेकाहीं नगरौ उद्धार गरी ल्याउने नागरिकका लागि घाटा चौर नै क्वारेन्टाइनका लागि उपयुक्त छ । त्यो ठाउँ बाहेक अरु ठाउँ उपयुक्त छैन ।’ उनले भनेका छन ।

नेपालमा क्वारेन्टाइनबाट संक्रमितको सङ्ख्या बढ्ने क्रम निरन्तर रहेकाले यसबाट बच्नका लागि विश्वस्वास्थ संगठनका निर्देशन लाई पालना गर्न र सचेत रहन सिङ्गो पलाता बासीलाई उनले अपिल गरेका छन र राहतको नाममा आफ्ना गाउँ वासीले अहिलेसम्म एक किलो चामल समेत नपाएको खबरबाट दुखित भएको र गाउँपालिकाले राहत दिनका लागि किन कन्जुस्याइँ गरेको छ आफु अचम्मित भएको युवा नेता बताएका छन । गाउँपालिका अध्यक्षले केही दिन पहिला आफ्नो ब्यक्तिगत तर्फबाट ठूलो राहतको सहयोग लिस्ट व्यापक गर्नुभएको थियो त्यो राहत आफ्नालाइ मात्र दिनुभयो कि पलाताका नागरिकलाई दिनुभयो भन्दै उनले आक्रोश पनि पोखेका छन ।