काठमाडौँ। भारत राजदूत विनयमोहन क्वात्राले नेपाललाई कोरोना परीक्षणका लागि ३० हजार थान पिसिआर किट दिएको छ।

कोरोना भाइुरस उपचारका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आइतबार पिसिआर किट र स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

भारतले यसअघि गत वैशाख १० गते कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने २३ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।