काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण पूष्टि भएको छ ।

संक्रमित हुनेहरुमा महोत्तरी जिल्लाका ५२ वर्षीय र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषहरु रहेका छन । मन्त्रालयका अनुुुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २७८ पुगेको छ जसमा ३६ जना निको भएर घर फर्किएका छन । अन्य संक्रमितहरुको देशका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।