काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

उनको पीसीआर र आरडीटी दुबै रिपोर्ट पोजेटिभ देखिएको छ । ९ दिन अघि काठमाडौं टिचिङमा सुत्केरी भएर उनी सिन्धुपाल्चोक घर गएकी थिइन् । अत्याधिक ज्वरो आएपछि उनलाई हिजो धुलिखेल अस्पताल ल्याइएको थियो ।

 कोरोना आंशकामा महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।

थप यकिन गर्नका लागि उनको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ ।