आइसोलेशनबाट भग्नेलाई प्रहरीद्धारा ‘गोली पनि हान्न पाउने अधिकार’
बीबीसी

पर्सामा कोभिड-१९ पुष्टि भएका व्यक्ति अस्पतालबाट भागे आवश्यक परे प्रहरीलाई गोली चलाउन सक्ने अधिकार दिइएको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले बताएकी छन्।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको सङ्कट व्यवस्थापन समितिको बैठकले त्यस सम्बन्धमा निर्णय गरेको हो।
गत बुधवार नारायणी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका दुई सङ्क्रमित शौचालयको झ्यालबाट हाम फालेर भागेका बताइएको थियो।
प्रहरीले ती दुवैलाई त्यही राति निणन्त्रणमा लिएर पुनः अस्पताल फिर्ता ल्याएको थियो।
सङ्क्रमितलाई भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्ने व्यक्तिले समाजमा अरूलाई सङ्क्रमण सार्न सक्ने भएकाले उनीहरूलाई नियन्त्रणमा लिन आवश्यकता हेरेर बल प्रयोग गर्ने निर्णय भएको अधिकारीहरूले बताएका छन्।
प्रहरी उपरीक्षक गङ्गा पन्तले भनिन्, “दुई सङ्क्रमित भागेको खबर पाएपछि खोजी कार्य तीव्र पारिएको थियो। फेला परेपछि पनि उनीहरूलाई सीधै समात्न समेत समस्या भयो। त्यसकारण अबउप्रान्त यस्तो घटना नदोहोरियोस् अर्थात् उनीहरूबाट प्रभावित भएर अरूले यस्तो काम नगरून् भनेर पनि यस्तो निर्णय भएको हो।”
प्रतिक्रिया दिनुहोस्