काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ । आज साँझ ४ बजे सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते ल्याउने बजेटको निति तथा कार्यक्रम अगावै प्रस्तुत गर्नुपर्ने प्रावधान छ । सोही अनुरुप आज साँझ ४ बषे राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् ।

प्रिबजेट छलफल सकिएसंगै नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रावधान छ । नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि भने सांसद र अर्थमन्त्री बिच छलफल हुनेछ र लगत्तै सांसदको प्रश्नको जवाफ अर्थमन्त्री युवाराज खतिवडाले दिएपछि सरकारको नीति तथा कार्यक्रम पारित हुनेछ ।

यो वर्षको बजेटमा स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको छ ।