काठमाडौंं । नेपालमा थप ९ जनामा कोरोनाभइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या २५८ पुगेको छ।

शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार मकवानपुरका एकजना ३७ वर्षिय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

बाँकी अन्य सबै १८ देखि ३६ वर्षिय पुरुषहरू बाँके जिल्लाको नैनापुरका रहेका छन् ।

शुक्रवार सङ्क्रमण पुष्टि भएका सबै पुरुषहरू युवा देखिएका छन्।