संक्रमितको जेनेटिक सरकारी अनुमति बिना दिइएको भन्दै निर्देशक झासहित ६ जनालाई परिषदले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपालका पहिलो कोरोना भाइरस संक्रमित युवाको जेनेटिक सरकारी अनुमति बिना नै अनुसन्धानका लागि दिइएको भन्दै जनस्वास्थ्य प्रयोगशालाकी निर्देशकससहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक बासुदेव पाण्डे, पूर्वनिर्देशक विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक अनुप बाँस्तोला, प्रयोगशालाकै डा। रन्जित साह र हेमन्त चन्द्र ओझालाई लिखित स्पष्टीकरण सोधेको हो ।

‘सरकारको अनुमति बिना संक्रमितको जेनेटिक अनुसन्धानको लागि प्रयोग भएको पाइएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘यो विषयमा के भएको हो बुझ्ने काम भइरहेको छ ।’ २९ वैशाखमा उनीहरूलाई लिखित स्पष्टीकरण सोधिएको हो ।

परिषद् ऐन २०४७ बमोजिम मानव स्वाथ्यको अनुसन्धान गर्नु परेमा परिषद्को स्वीकृत लिनुपर्ने हुन्छ ।