बर्दिया । जिल्लाको राजापुर नगरपालिका–५ मा कोरोना संक्रमण पुष्टि भएकी एक बालिकालाई उपचारका लागि अझैसम्म पनि आइसोलेसनमा राखिएको छैन ।

उनलाई सोमबार नै कोरोना संक्रमण भएको पुष्टि भैसकेको थियो तरपनि उनलाई क्वारेन्टाइनमा नै राखिएको छ ।

भाइरस संक्रमण पूष्टि भैसकेपछि संक्रमितलाई उपचारका लागि आइसोलेसनमा राख्नुपर्ने भएपनि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा प्राविधिक तयारी नपुगेको भन्दै अझै क्वारेन्टाइनमा नै राखिएको छ ।

उता प्रमुख जिल्ला अधिकारी प्रमलाल लामिछानेले संक्रमित ती बालिकालाई तत्काल अस्पतालमा राख्ने जानकारी दिएका छन । हाल नेपालमा कोरोना संक्रमित १९१ पुगिसकेका छन भने ३३ जना निको भएर घर फर्किएका छन । आजमात्रै देशका विभिन्न ठाउँमा ५७ जना संक्रमित फेला परेका छन ।