काठमाडौं । कपिलवस्तु पूर्ण रुपमा सिल गरिएको छ । जिल्लामा १५ जना कोरोना संक्रमित फेला परेपछि जिल्लालाई पूर्णरूपमा सिल गरिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ (१) बमोजिम वैशाख २९ गते साँझ ५ गतेदेखि जेठ ५ गते मध्यरातसम्म जिल्ला बन्द राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन ।

“कपिलवस्तु कोरोनाको उच्च जोखिममा रहेकाले राजपत्रमा प्रकाशित अत्यावश्यक वस्तुहरू ढुवानी (खाद्यान्न, तरकारी, फलफूल, दूघ, पेट्रोलियम पदार्थ लगायत) दिइने छ । जिल्लाभित्र गुड्ने सबै सवारी साधन, मानिसको आवतजावतमा पूर्णतः रोक लगाइएको छ,” पौडेलले भने ।

जिल्लामा हाल १५ जना कारोना संक्रमितहरु फेला परेका छन । संक्रमितहरुको बुटवल स्थायी अस्पतालमा उपचार भैरहेको छ । हाल उनीहरुरको अवस्था सामान्य रहेको छ ।