काठमाडौँ। लिपुलेकमा भारतले सडकमार्ग बनाएको विरोध गर्दै सडकमा उत्रिएका राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघठनका २२ जना विद्यार्थी नागपोखरीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुन्ती शाही, सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलास कटुवाल, शशी भण्डारी, निराजन बम, जगदिश राजभण्डारी, जनक फडेरा, सन्ताेषि शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी, विशाल राउत लगाएत छन् ।

सोमबार बिहानै सिमा बचाउँन माग गर्दै विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् । उनीहरूले सरकार मौन बसेकोमा आपत्ति जनाएका थिए । राप्रविसंले यसआघि पनि मिचिएका भूभाग र यसले निम्ताएका समस्या समाधान गर्नु सरकार र रक्षाको दायित्व भएकाले सिमा क्षेत्रको विवाद शीघ्र समाधान गर्न सरकारको ध्यानाकर्षण गराउदै आएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघठनका विद्यार्थी पक्राउ परेसंगै राप्रपा नेतृ कुन्ती पोखरेलले उनीहरुको रिहाईको माग गरेकी छिन्। सिमा रक्षामा लागि परेका विद्यार्थी पक्राउ परेपछि उनीहरुका लागि खाजाको व्यवस्था गरिएको थियो। सोहि कारणले प्रहरीसंग भएको विवादमा पनि उनले असन्तुष्टी ब्यक्त गरेकि छिन।