काठमाडौं। डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख डिभिजन वन अधिकृत जयमंगल प्रसाद एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अधिकृत जयमंगल प्रसादलाई अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा विदुर नगरपालिका-२ स्थित डिभिजन वन कार्यालयको कम्पाउन्डभित्र रहेको उनको निवासबाटै रकमसहित शनिबार अख्तियारको टोलीले पक्राउ गरेको हो।