काठमाडौं । लकडाउनका समयमा चल्ने सवारी साधन अब ‘टाइम कार्ड’ का आधारमा सञ्चालन हुन पाउने भएका छन् । आइतबारदेखि उपत्यकामा गाडी चलाउन टाइम कार्ड लागू हुने भएको हो ।

जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

हिजो काठमाडौं उपत्यकाका सिडिओ, सुरक्षा निकायका डिआइजी र महाशाखाबीच भएको बैठकले यो निर्णय गरेको हो र गृह मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ,’उनले  भने।

सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको ढकालले जानकारी दिए।
त्यस्तै, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने उनले बताए। त्यसैगरी बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने ढकालले जानकारी दिए।

कुनै अत्यावश्यक काम परेर निस्कनु परेमा प्रहरीलाई जानकारी गराउनुपर्ने उनले बताए। ‘बजारमा हल्ला भएको जस्तो बिनाकाम निस्कन पाउने भने होइन उनले भने ।