पर्याप्त किट छ, अब परीक्षण तीब्र बनाउँछौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोना संक्रमणको परीक्षणका लागि ५० हजार किटको मौज्दात रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त कुरा जानकारी दिइएको हो ।स्वास्थ्य मन्त्रालयसँग पर्याप्त किट रहेकाले अब परीक्षणको दायरा बढाउने मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
कोरोना संक्रमणको उच्च जोखिम रहेका क्षेत्रमा परीक्षण तिव्र बनाइने उनको दाबी छ । नेपालमा हालसम्म १०९ जनामा कोरोना पूष्टि भैसकेको छ । जसमा ३१ जना डिस्चार्ज भएर घर फर्किएका छन । हाल उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन ।
यसअघि सुदूरपश्चिम प्रदेशमा किटको अभाव हुँदा परीक्षण रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्