रोल्पा । रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चटयाङबाट जिल्लाको लुङ्ग्री गाउँपालिका २ सिर्प बस्ने ६३ बर्षिय भीमबहादुर विक र ४० बर्षिय चित्र पुनको मृत्यु भएको हो ।

अत्याधिक वर्षाका कारण आज विहान साढे ८ बजेतिर चट्याङ लागेर विक र पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्र बहादुर गुरुङले जानकारी दिएका छन ।

प्रहरीका अनुसार विकले गहुँ ढल्याउदै गरेको र पुनको घर बाहिर भएको समयमा चट्याङ लाग्दा उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । यसका साथै मानवीय क्षतिसँगै उनीहरुको परिवारमा भौतिक क्षति पनि भएको छ ।