काठमाडौँ। नेपाली भाषाको जननी संस्कृत भाषा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ । यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने भएको हो । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ ।

यसै सन्दर्भमा राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह भन्छन ”हामिले कक्षा १ देखि १२ सम्म संस्कृत र नैतिक शिक्षा अनिवार्य विषयका रुपमा पठनपाठन गराउनु पर्छ भनेर बिगत देखि नै निरन्तर आवाज उठाइरहेका छौ । बिश्व का ठुला राष्ट्र अझ प्रबिधी र विज्ञान, बिकास का कारण बिश्व मा शक्ति सम्पन्न राष्ट्रिहरु अमेरिका , बेलायत , जर्मनी भारत, आष्ट्रेलिया लगाएत देश हरु मा संस्कृत शिक्षा को महत्व बढेको छ र उनिहरुले आफ्नो स्कुल, कलेज विश्वविद्यालयहरुमा पठनपाठन सुरु गरिरहेका छन । नाशा जस्ता विश्वका प्रमुख आविस्कार केन्द्र ले संस्कृत को महत्व देखेर नै यस बारे खोज अनुसन्धान, प्रयोग गरिरहेको छ । जिवन पद्धति , नैतिकता , आचरण झल्काउने , भाषिक शुद्धता , शब्द उच्चारण को शुद्दता , शरीर को इन्द्रिय हरुको सक्रिय , आदि विभिन्न कारणले विश्वकै उत्कृष्ट भाषा को रुपमा रहेको संस्कृत भाषा र संस्कृत शिक्षा लाइ नेपाल ले अनिवार्य शिक्षा का प्रयोग मा नल्याउनु आफैंमा खेदजनक छ । सरकारले १ देखि ८ कक्षा सम्म ऐक्षिक पठनपाठन गराउन सकिने कार्यको सकरात्मक सुरुवात गरेको छ । संस्कृत संसारकै पुरानो र उत्कृष्ट भाषा जसको निर्माण पुर्विय सभ्यता संग पनि जोडिएको छ , जुन हाम्रो पहिचान पनि हो , तसर्थ आंशिक वा एैक्षिक रुपमा हैन , कक्षा १ देखि माध्यमिक तह सम्म देशैभर अनिवार्य शिक्षा को रुपमा र विश्वविद्यालय तहमा ऐक्षिक रुपमा पठनपाठन गराउन सरकार ले कदम थालोस ।”

यसअघि कक्षा चारदेखि ८ सम्म संस्कृत विषयको पढाइ हुन्थ्यो । तर तत्कालिन माओवादीको द्वन्द्वका क्रममा कार्यकर्ताले स्कुल छिरेर संस्कृत विषयको पुस्तक च्यात्दै शिक्षकलाई समेत कक्षामा प्रवेश गर्न नदिने अभियान सञ्चालन गरेपछि पढाइ बन्द भएको थियो ।