लकडाउन उल्लंघन गर्ने २ सय ५० सवारी साधन प्रहरीको नियन्त्रणमा

बुटवल । लकडाउनको उल्लंघन गर्दै बिना काममा हिँडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय बुटवलमा लकडाउन खुकुलो भएको गुनासो आएपछि प्रहरीले बुटवलका ३ ठाउँमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा लकडाउनको उल्लंघन गर्दै बिना काम सडकमा गुडेका २ सय ५० बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका मध्ये २ सय मोटरसाइकल ५० स्कुटर र १० वटा कार रहेका छन् । प्रहरीले सवारी साधन सँगै तिनका चालकलाई समेत नियन्त्रणमा लिएको हो । राजमार्ग चौराह, बसपार्क र अस्पताललाईनमा चेक गर्दा सवारी साधनलाई नियन्त्रणमा लिएको र १ घण्टा पछि छाडेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटट्राईले जानाकारी दिए । प्रहरीले ती सवारी साधनलाई दिउसो करिब २ घण्टाका लागि नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्