उपचार पछि घर गएका ३ जनामा पुनः कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनाको रिपोर्ट पुनः पोजिटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंमा उपचार गराएका एक र वीरगञ्जमा उपचार गराएका दुई जनाको स्वाब परीक्षणको रिपोर्ट फेरि पोजिटिभ देखिएपछि उनीहरुलाई पुनःअस्पताल भर्ना गरिएको हो ।
अस्पताल भर्ना हुनेमा वैशाख ११ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुबाट डिस्चार्ज भएका ५८ वर्षीय पुरुष र वैशाख १४ गते वीरगञ्जको नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका १९ र पर्साका ४४ वर्षीय पुरुष छन् । उनीहरुको विषयमा अध्ययन भइरहेको प्रवक्ता देवकोटाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्