गाउँपालिका अध्यक्षको निवासमा तोडफोड

डडेल्धुरा । जिल्लाको गन्यापधुरा गाउँपालिकाका अध्यक्षको निवासमा तोडफोड गरिएको छ । मंगलबार राती ८ बजे चार जनाको समुहले गाउँपालिका अध्यक्षको निवासमा तोडफोड गरेका हुन ।
तोडफोडमा संलग्न तीनजनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ पर्नेहरुमा चन्द्रे कार्की, डम्बर कार्की र टेक रावल रहेको उनले बताए । उनीहरुबाट प्रहरीले दुइ थान चक्कु पनि बरामद गरेको छ । यसका साथै प्रहरीले उनीहरुमाििथ थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्