काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउन जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

अस अघि कायम रहेको लकडाउनको समयावधि भोलि बिहीबार सकिने भएसँगै सरकारले आज बुधवार नै लकडाउनको अवधि पुन थपेको हो ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।