भारत सरकारले देशव्यापी लकडाउन लागु भएपछि विदेशमा रोकिन बाध्य आफ्ना हजारौँ नागरिकलाई स्वदेश ल्याउने घोषणा गरेको छ। उनीहरूलाई बिहीवारबाट चरणबद्ध रूपमा ल्याउन थालिने अधिकारीहरूले जनाएका छन्।

गृह मन्त्रालयका अनुसार विदेशमा फसेका भारतीयलाई विमान र नौसेनाको जहाजबाट ल्याउने काम मे ७ बाट सुरु हुने जनाइएको छ। पहिलो साता झन्डै १५,००० नागरिक स्वदेश फर्किने अनुमान गरिएको छ। गन्तव्यमा पुगेपछि फेरि स्वास्थ्य परीक्षण गरेर सम्बन्धित राज्य सरकारद्वारा उनीहरूलाई अस्पताल वा १४ दिन क्वारन्टीनमा राखिनेछ। त्यसपछि पनि भाइरसको परीक्षण गर्ने बताइएको छ। मे ७ देखि १३ तारिखसम्म १२ वटा देशमा ६४ वटा उडान गरिनेछ र १५,००० जनालाई फिर्ता ल्याइनेछ।

बीबीसीकी दक्षिण एशिया सम्पादक जिल मक्गिभरिङ भन्छिन्, ूसयौँ हजार भारतीय विदेशमा फसेका छन्। तीमध्ये मध्यपूर्वका देशहरूमा कार्यरत अदक्ष र आंशिक दक्ष कामदार छन्। लकडाउन खुकुलो पार्ने घोषणासँगै अधिकांशलाई सरकारी विशेष उडान र केहीलाई नौसेनाको पानीजहाजबाट ल्याइनेछ।ू

ंयोजनाअनुसार पहिलो चरणमा यूएई, मलेशिया, बाङ्ग्लादेश, सिङ्गापुर, ओमान, कुवेत, साउदी अरब, अमेरिका, बहराइनसहित १२ देशबाट केरला, तमिलनाडु, महाराष्ट्र, दिल्ली, तेलङ्गाना, गुजरात, पञ्जाब, कर्नाटक, उत्तर प्रदेश र जम्मू(कश्मीरमा उडान हुनेछन्।

मालदिभ्सस्थित उच्चायोगका अनुसार त्यहाँबाट नौसेनाको जहाज मे ८ तारिखमा केरलाका निम्ति जानेछ। पहिलो चरणमा त्यहाँबाट ७०० मानिस फर्किन सक्ने बताइएको छ।

बिबिसि