एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा हवल्दारको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल र एम्बुलेन्स एकआपसमा ठोक्किदा सशस्त्र प्रहरीमा कार्यरत सहायक हवल्दारको मृत्यु् भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा मोटरसाइकल र एम्बुलेन्स एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार हवल्दारको मृत्यु भएको हो ।
सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत घोडाघोडी नगरपालिका वडा नम्वर १० घर भएका ३५ बर्षीय सहायक हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

उनका अनुसार पश्चिम बाट पूर्व तर्फ गईरहेको ओमसाई अस्पतालको से १ च १८२८ नम्वरको एम्बुलेन्स र पूर्वबाट पश्चिम तर्फ आईरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर १० का २८ बर्षीय भरत बोहरा भने घाईते भएका छन् । एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका वडा नम्वर १० का ५४ बर्षीय आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय सुखड्ले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्