नेपालगञ्ज । नेपालगञ्जमा नयाँ ७ जना कोरोना भाइरसका संक्रमित पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ८२ पुगेको छ ।

संक्रमितहरु नेपालगञ्ज ८ का तीन पुरुष र चार महिलाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा परीक्षणका क्रममा कोरोना भाइरस पुष्टि भएको हो ।

सबै संक्रमितको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।