धनगढी । धनगढीमा तीनजनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र बिनोद कुंवर रहेका छन । उनीहरुलाई कटुवा पेस्तोलसहित क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) ले पक्राउ गरेको हो ।

प्रहरी नायव निरीक्षक केशव जोशी नेतृत्वको समुहले उनीहरुलाई धनगढी उप–महानगरपालिका वडा नम्बर ७ देवरीया वन क्षेत्रमा लुकाएर राखिएको एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । यसका साथै एक थान गोली बरामद गरिएको पहरीले जनाएको छ ।
पक्राउमा परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुुसन्धान भैरहेको निमित्त प्रहरी प्रम्ुख नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।