काठमाडौं । निर्वाचन आयोगमा भर्खरै दर्ता भएको जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईसहितका नेताविरुद्ध पूर्वआइजीपीसहित सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ( (नेकपा) का दुइ सांसद राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् । पूर्वआइजीपी सर्वेन्द्र खनाल सहित सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ मानवअधिकार आयोग पुगेका हुन् ।

सांसदलाई अपहरण गरेको आरोपमा जनता समाजबादी पार्टी (जसपा) का नेताहरुले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गराएका थिए । त्यसको केहीदिन पछि पूर्वआइजीपी खनालसहित सांसद बस्नेत र श्रेष्ठ मानवअधिकार आयोगमा पुगेका हुन् । सांसद डा. सुरेन्द्र आदवलाई राजनीतिक अपहरण गरेको भन्दै जसपाका नेताले प्रहरी र जिल्ला वकिलको कार्यालयमा उजुरी दर्ता गर्दा पनि उनीहरुको उजुरी दर्ता नभएपछि मानव अधिकार आयोग पुगेका थिए । प्रहरीले सांसद यादवलाई उजुरीका लागि आफ्नै गृह जिल्ला जान आदेश जारी गरेको थियो । जसपाका नेताले उक्त आदेशको घोर विरोध गरेका थिए ।