काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले तिलोत्तमा नगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ।

तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाललाई १० थान थर्मल गन हस्तान्तरण गरिएको हो। मन्त्र भुसालले उक्त उपकरण रूपन्देही जिल्लामा रहेको नगरपालिकालाई उपलब्ध गराउने बताइएको छ ।

‘कोरोनाको जोखिमबाट बँच्न हामी निरन्तर एक अर्कालाई सहयोग गरिरहेका छौ । यो लडाइ एक अर्कालाई सहयोग गरेर मात्रै जित्न सकिन्छ ।’ संस्थाकी अध्यक्ष कुन्ती पोखरेलले भनिन्। मन्त्री भुसालले संस्था र नगरलाई जोड्ने पुल हुन पाएकोमा आफू खुसी भएको बताएका छन् ।

संस्थाले यसअघि पनि थुप्रै सामाजिक कार्य गर्दै आएको छ । कोरोना महामारी सङ्क्रमण तथा नियन्त्रणमा संस्थाले आह भूमिका निर्वाह गर्दै यस अघि काठमाडौँ महानगरपालिका सहित बुढानीलकण्ठ, कीर्तिपुर तथा टोखा नगरपालिकाका अति विपन्न, असहाय र मजदुर परिवारलाई राहत वितरण गरेको छ । भने ललितपुर नगरपालिकालाई ३० थान थर्मल गन सहयोग समेत गरेको छ ।

यसका अतिरिक्त संस्थाले लकडाउनकै समयमा रक्तदान, काठमाडौँ वडा न ९ का २६० परिवार सहित सरकारी होस्टेलका विद्यार्थी, भाडामा बसेर पढ्दै गरेका विद्यार्थी, बाल आश्रम र पशुपति क्षेत्रमा भएका गरिब , विपन्न परिवारलाई राहत सामग्री वितरण गरिसकेको छ ।